विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

Loading...

शिक्षाको संरचना भएको परिवर्तनले निजी शिक्षण संस्थालाई कस्तो असर परेको छ ?
अहिले शिक्षा भनेको एउटा ठाउँ विशेष भन्दा पनि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि राज्यले नै त्यही अनुसारकै नीति नियमको पालना गराउनुपर्ने अवस्था आएको छ । हाम्रा विद्यार्थीहरु अन्तर्राष्ट्रिय रोजगारबजारमा विक्रि हुने किसिमको बनाउनु पर्ने आवश्यकता भएको छ । अहिले स्थानियतहका विद्यालयमा दक्षजनशक्ती अभाव र अन्र्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने भौतिक शैक्षिक साधनस्रोतको अभावमा विद्यार्थीलाई अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता नै छ । गुणस्तरीय शिक्षा प्रदान गरिरहेका विद्यालयहरुमा विद्यार्थीको उल्लेख्य आवेदन पर्ने गरेको छ । सरकारले सामुदायीक विद्यालयको गुणस्तरमा वृद्धि गर्ने हो भने नजीशिक्षण संस्थालाई पनि चुनौति थपिन्छ । निजी शिक्षण संस्थाले राज्यलाई कर तिरेका छन् । छात्रवृत्तिमा विद्यार्थीलाई अध्यापन गराइरहेकै छन् ,पुजीपलायन हुनबाट रोकेका छन् त्यसैले नजी शिक्षण संस्थाको योगदानलाई पनि राज्यले कदर गर्नुपर्छ ।


शिक्षाको पुर्नसंरचना भएको अवस्थामा माध्यमिक शिक्षा आर्जन गर्नकै निम्ति विद्यार्थी शहरमा जानु कत्तिको उपयुक्त देख्नुहुन्छ ?
राज्यले नीति नियम बनाउने भन्दा पनि बनाएका नीति नियम कार्यानवयन तर्फ ध्यान दिन जरुरी छ ।अहिले माध्यमीक शिक्षा आर्जन गर्नकै लागि पनि विद्यार्थी गाउँबाट शहरमा आउनुपर्ने बाध्यता रहेको छ ।सरकारले गाउँगाउमा दक्ष शिक्षकको व्यवस्था गर्न सके र सामुदायीक विद्यालयको स्तरोन्ती गर्न सकेमा सहरमुखी शिक्षालाई निरुत्साहित गर्न सकिन्छ ।शैक्षिक गुणस्तर वृद्धि गर्न दक्ष जनशक्ती गाउँमा पु¥याउन सकेमा शहर धाउनुपर्ने बाध्यता हुने थिएन ।


दश कक्षा उत्तिर्ण गरेका विद्यार्थीलाई व्रिजकोर्स आवश्यक छ कि छैन ?
दश कक्षा उत्तिर्ण गरेका विद्यार्थीले विज्ञान संकायमा अध्ययन गर्ने हो भने व्रिजकोर्स आवश्यक छ ।अन्य विषय अध्ययन गर्नका लागि व्रिजकोर्स नै गर्नुपर्छ भन्ने नै छैन । खालि समयको सदुपयोग गर्न ,कक्षा दश र कक्षा एघार विचमा रहेको कोर्सको ग्याप कम गर्न अझै पनि व्रिजकोर्स गर्नुपर्ने बाध्यता छ । अहिले परिमार्जन हुन गइरहेको पाठ्यक्रम लागु भएमा विज्रकोर्स गर्नुपर्ने वाध्यता हट्नेछ ।
विद्यालय व्यवस्थापनका समस्याहरु के के देख्नुहुन्छ ?
विद्यालयमा विभिन्न खाले समस्याहरु देखा पर्ने गर्दछन् । सरकारले ल्याएको फरक फरक नीतिका कारण विद्यालय शिक्षा प्रभावित हुने गरेको छ । राजनीतिक दल र तिनका भातृसंगठनको चन्दा आतंकका कारण समस्या पर्ने गरेको छ । पछिल्लो समय विद्यालय व्यवस्थापनमा देखिएको प्रमुख समस्या भनेको दक्षजनशक्ती अभाव हो । राजनीतिक दलका विभिन्न गतिविधीले अन्योलको स्थिति सृजना हुने गरेको छ ।
अन्त्यमा दश कक्षा उत्तिर्ण भई एघार कक्षामा अध्ययन गर्न चाहने विद्यार्थीले व्लुवर्ड कलेजलाई नै किन रोज्ने ?


यस विद्यालयले आफ्नो स्थापना कालदेखी नै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । यहाँका उत्पादनले स्वदेश तथा विदेशका विश्वविद्यालयमा राम्रो नतिजा निकाल्न सफल भएकै कारण पनि यस विद्यालय विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्ने गरेको छ ।यहाँका उत्पादनले स्वदेश तथा विदेशका छात्रवृत्तिकोटामा नाम निकालेर अध्ययन गर्न सफल भएका छन् । यहाँ विद्यार्थी मैत्रि वातावरणमा ,दक्ष तथा अनुभवि शिक्षकद्वरा अध्यापन गराउनुका साथै अध्यापनमा नै बढी केन्द्रित भएकाले आम अभिभावक र विद्यार्थीको रोजाईमा व्लुवर्ड पर्दै आएको छ ।

Loading...

Similar Posts :


11

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

शिक्षाको संरचना भएको परिवर्तनले निजी शिक्षण संस्थालाई कस्तो असर परेको छ ? अहिले शिक्षा भनेको एउटा ठाउँ विशेष भन्दा पनि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा...

नेपालमा शिक्षा पत्रकारिता :विकासक्रम र बर्तमान अवस्था

शिक्षाको पुरानो शैलीका कारण विश्वव्यापी रुपमा प्रभाव पार्ने शैक्षिक सामाग्रीहरुलाई मिडियाले शसक्त रुपमा प्रकाशन तथा प्रसारण गर्न सेकेका थिएनन् । १९५८ देखि प्रकाशनमा आएको...

दलित सांसदलाई राजधानीमै पनि कोठा दिदैनन् घरवेटी – सांसद आसा विक

सांसद आसा विकले दलितलाई थर परिवर्तन गर्दा सहज हुने बताएकी छिन् । उनले दलितले राजधानीमै पनि आफ्नो थर भन्दा असहज हुने बताइन् । नागरिकता...

२०३० सम्म नेपालका सबै नागरिकको स्वास्थ्य बीमा गरिने – स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले २०३० सम्म नेपालका सबै नागरिकको स्वास्थ्य बीमा गरिने बताएका छन् । स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदले उठाएका...

कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन

यतिवेला जापानमा काम गर्न जान पाइने अासमा कयाै नेपाली युवाहरू जापनिज भाषा अध्ययन गिररहेका छन् । अाजैमात्र सम्पन्न जापनिज भाषा परिक्षा न्याट टेष्टमा पनि...

‘बहुप्रेम’ तर्फकाे अाकर्षण

फेब्रुअरी १४ अर्थात प्रेम दिवस । प्रेमील जोडीहरु गुलाब चुँडेर हृदय जोड्छन् । सर्सर्ती हेर्दा प्रणय दिवस जोडीहरुबीच प्रेम प्रकटीकरण गर्ने दिनका रुपमा हेरिन्छ...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका