सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको टिप्पणी गरेको छ । केपी ओली नेतृत्वको सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी छ । कांग्रेसले मधेश मुद्दामा संविधान संशोधनको विश्वास खण्डित हुन पुगेको, डा. गोविन्द केसीसंगको सम्झौतामा विश्वास तोडिएको, निर्मला पन्त हत्या प्रकरणमा […]

हामीले कसैको पक्ष र विपक्षमा वकालत गरेका छैनौ – प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फुट ल्याउने प्रयास भइरहेको र सरकारकाे कार्यक्रम प्रति जे गरेनी कुरा काट्ने प्रवृत्ति भएकाहरुले बाआमालाई एकअर्काबारे कुरा लगाएर झगडा गराए जस्तो नेकपामा पनि समस्या ल्याउने प्रयास भइरहेकाे बताएका छन् । बुधबार ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले “नेपाल शुसासन र विकासको बाटोमा अघि बढेको र प्रधानमन्त्री […]

राजनीति बाहेक अरु साेच्नै पाइन – प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक चापले आफूलाई थिचेर राजनीतिबाहेक अरु सोच्न नपाएकोमा दुखेसो व्यक्त गरेका छन् । राजनीति कार्यक्रम भन्दा अलि फरक कार्यक्रम सरल सहयात्री द्वारा लिखित शिखरको ढुङ्गा नामक उपन्यासको सार्वजनिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो छोरा प्रकाश र उनको टिमले सगरमाथा चढ्दाको अवस्थालाई स्मरण गरे । सगरमाथा […]

दूरसञ्चार सेवा प्रदायक कम्पनीले ३ अर्ब रुपैयाँ नतिरे कम्पनी खारेज गर्न निर्देशन

संघीय संसदअन्तर्गतको अर्थ समितिले विभिन्न दूरसञ्चार सेवा प्रदायक कम्पनीले चुक्ता गर्न बाँकी करिब ३ अर्ब रुपैयाँ एक महिनाभित्र असुल गर्न र चुक्ता नगरे सबै कम्पनी खारेज गर्ने प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । अर्थ समितिको आइतबार बसेको बैठकले ती कम्पनीबाट कूल २ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी बक्यौता एक महिनाभित्र असुल गर्न सञ्चार […]

देउवासंग गुनासाे पाेख्दै नेविसंघ अध्यक्ष महरले दिए राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महर पदबाट राजीनामा दिका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर अध्यक्ष महरले राजीनामा दिएका हुन् । उनले राजीनामा पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।   पार्टी नेताहरुबाट आएको ‘प्रेसर’ थेग्न नसकेपछि अध्यक्ष महरले राजीनामा […]

सरकारकाे परराष्ट्र नीति असन्तुलित र अपरिपक्क – कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अपरिपक्क र असन्तुलित परराष्ट्र नीति लिएको भन्दै सरकारको आलोचना गरेका छन् । कार्यक्रममा उनले मुलुकलाई एकताबद्ध बनाई राख्न हिन्दु धर्म र संवैधानिक राजसंस्था पुनर्स्थापना गर्नुको विकल्प नरहेको बताए ।  पूर्व परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले सरकारको अपरिपक्व परराष्ट्र नीतिले मुलुक बाह्य शक्तिको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुने खतरा औंल्याए । […]

कांग्रेसले सदन र सडकबाट संघर्ष चर्काउने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले संसारलाई नेपालले आश्चर्यचकित बनाएको बताएकाेल बेला कांग्रेसले सरकारलाई आश्चर्यचकित बनाउने चेतावनी दिएकाे छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै युवा नेता तथा सांसद गगन थापाले हालै विपक्षीको अवरोधका बाबजुद चिकित्सा विधेयक पास गरिएको घटना आफूहरुले नबिर्सने बताए । अब कांग्रेसले संसद् र सडकबाट सरकारलाई आश्चर्यचकित बनाइदिने […]

राष्ट्रियसभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय  चिकित्सा शिक्षा विधेयक २०७५ लाई पारित गरेको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले कांग्रेसका सदस्यले उठेर विरोध जनाइरहेकै बेला बहुमतको आधारमा विधेयक पारित गरेको हो ।  अनसनरत डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयनको माग गर्दै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । बैठकको सुरुमै […]

मुलुकलाई समृद्धिको हताराे छ -प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको समृद्धिको अभियानलाई दृढतापूर्वक अगाडि बढाइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले मुलुकमा नयाँ–नयाँ कामको थालनी गरिरहेको र त्यसले एकपछि अर्को सफलता चुमिरहेको बताए । बिहीबार नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव तथा एचडी प्रशारणको शुभारम्भ गर्दै उनले जनताको विकासको चाहनालाई तीव्रता दिन सरकारले नयाँ–नयाँ प्रविधिको विकासमा जोड दिएको पनि स्पष्ट […]

विरोधकाबीच राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक बहुमतका आधारमा पास

कांग्रेस सांसदहरुको विरोधकाबीच राष्ट्रिय सभामा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतका आधारमा पास भएको छ । शिक्षामन्त्रीको विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पारित भएसँगै अब सांसदहरुलाई संशोधन प्रस्ताव दर्ता गराउनका लागि ७२ घण्टाको समय दिइएको छ। राष्ट्रिय सभाको आगामी बैठक माघ १७ गतेका लागि बोलाइएको छ। यसअघि कांग्रेसका सांसदहरुको विरोधका […]

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...