१७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र हल्लिँदा सबैभन्दा बढी पीर प्रचण्डलाई पर्नु स्वाभाविक रहेको बताएका छन् ।
राजसंस्था पुनस्थापनासहित शनिबार आयोजित आन्दोलनको क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्
सोही विषयमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै लिङ्देनले भनेका छन्, ‘गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पीर उहाँलाई पर्नु स्वाभाविक हो । त्यसैले पीर परेको बेलामा के के बर्बराउनुहुन्छ, त्यसलाई अन्यथा मान्दिनँ ।’
‘उहाँले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न टाढा–टाढाबाट मान्छेहरू खोजेर ल्याउनुभएको थियो । पार्टी प्यालेसमा कुन प्रकारको भोज लगाउनुभएको थियो । उहाँहरूलाई थाहा छ,’ प्रचण्डले भने, ‘भोज खुवाएर, पैसा वितरण गरेर मान्छे ल्याउने र जुलुस गर्ने कुरा उहाँले आफ्नो अनुभव सुनाउनुभएको हो । त्यसमा मेरो टिप्पणी छैन ।’
उनले अहिलेको जसैगरी समर्थन जुटेको खण्डमा सरकारलाई झुक्न बाध्य बनाउने पनि बताए ।
‘यसरी नै जनसमर्थन जुट्यो भने हामीले सरकारलाई झुक्न बाध्य बनाउँछौं । जनसमर्थन आवश्यकता अनुसार पुग्न सकेन भने फेरि अर्को चोटि प्रयास गर्छौं । निरन्तर रुपमा लागिराख्छौं,’ लिङ्देनले भने
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij