logo मंगलबार, भाद्र ३० २०८३

कर्णाली डेभलपमेन्ट बैंकका ४ जनाको मिलेमतोमा २ अर्ब ६० करोड अनियमितता


  • बिचार खबर
  • सोमबार, जेष्ठ १९ २०८२

कर्णाली डेभलपमेन्ट बैंकका ४ जनाको मिलेमतोमा २ अर्ब ६० करोड अनियमितता

नेपाल राष्ट्र बैंकले ११ पुस २०८१ मा समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकका ४ उच्च अधिकारीको मिलेमतोमा २ अर्ब ६० करोड रुपैयाँ बराबर अनियमितता भएको देखिएको छ । केन्द्रीय बैंकले व्यवस्थापन लिएको करिब ५ महिनाको अध्ययनपछि संस्थाको वास्तविकता बाहिर आएको हो ।

केन्द्रीय बैंकको व्यवस्थापन समूहले कर्जा असुली गर्ने र निक्षेपकर्ताको निक्षेप भुक्तानी गर्ने काम गर्दै आएको छ । सोही क्रममा बैंकको अनियमिततामा मुख्य योजनाकारका रूपमा चिनिएका पूर्वअध्यक्ष, कार्यकारी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

राय पक्राउ परेसँगै राष्ट्र बैंकबाट गएको व्यवस्थापन समूह निक्षेपकर्ताको पैसा छिटो फिर्ता गर्न पाइने आशामा देखिन्छ । त्यसो त निक्षेपकर्तालाई पनि आफ्नो बचत फिर्ता आउने विश्वास बढ्दै गएको छ ।

संस्थाका बहालवाला र पूर्वउच्च पदाधिकारीको मिलेमतोमा २०७० सालदेखि नै अनियमितता हुँदै आएको केन्द्रीय बैंकका तर्फबाट व्यवस्थापन सम्हालेको समूहका सदस्य तथा उपनिर्देशक जुगलकिशोर कुशवाहले बताए ।

‘राष्ट्र बैंकको व्यवस्थापन समूह आएपछि संस्थाको आन्तरिक अवस्था अध्ययन गर्दा २ अर्ब ६० करोड जति अनियमितता भएको हाम्रो मूल्यांकन छ,’ कुशवाहले भने, ‘हामीले पाएको कागजातका आधारमा २०७० सालदेखि सञ्चालक तथा व्यवस्थापनका उच्च अधिकारीको मिलेमतोमा बैंकको नगद तथा सम्पत्ति व्यक्तिगत प्रयोजनमा लैजाने गरेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij