logo मंगलबार, भाद्र ३० २०८३

गीता अधिकारी पत्रकारितासंगै नयां व्यवसायमा ,संचालनमा ल्याईन सौम्या कलेक्सन


  • बिचार खबर
  • मंगलबार, जेष्ठ २७ २०८२

गीता अधिकारी पत्रकारितासंगै नयां  व्यवसायमा ,संचालनमा ल्याईन सौम्या कलेक्सन

संचारकर्मी गीता अधिकारी पत्रकारिता संगै व्यवसायीको रुपमा पनि परिचित बनेकी छिन ।  साझेदारीमा संचालनमा ल्याइएको   ‘सौम्या कलेक्सन’को  गायिका मञ्जु थापाले उद्घाटन गर्नुभएको छ । डिल्लीबजार पिपलबोट घट्टेकुलो मार्गमा रहेको ‘सौम्या कलेक्सन’को गायिका थापाले सोमबार एक विशेष कार्यक्रमबीच रिवन काटेर उद्घाटन गर्नुभएको हो ।

सञ्चारकर्मीद्वय गीता अधिकारी र रिना श्रेष्ठले सञ्चालनमा ल्याएको यो कलेक्सन सेन्टरमा महिलाहरूका लागि गुणस्तरीय फेन्सी सामान सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ ।

सञ्चारक्षेत्रमा ख्याति कमाएका व्यक्तिले सञ्चालनमा ल्याएको कलेक्सन सेन्टरको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउँदै गायिका थापाले व्यावसायिक सफलताको शुभकामना दिनुभएको थियो । सो अवसरमा सञ्चार क्षेत्रका साथै गीतसंगीत र कला क्षेत्रका धेरै व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।

मीठो स्वरकी धनी गायिका मञ्जुका थुप्रै गीत लोकप्रिय छन् ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij