लन्डन। बेलायत सरकारले आप्रवासन प्रणालीमा आमूल सुधार गर्ने उद्देश्यले गत मे १२ मा सार्वजनिक गरेको श्वेतपत्रले त्यहाँ बसोबास गरिरहेका नेपाली आप्रवासीलाई चिन्तित तुल्याएको छ । ८२ पृष्ठ लामो श्वेतपत्रमा गरिएका प्रस्तावहरू मुख्यतः आप्रवासन घटाउनेतर्फ केन्द्रित छन् ।
सरकारको प्रस्ताव अनुसार स्थायी आवासीय अधिकार (पीआर) लिन आवश्यक पाँच वर्षे अवधि बढाएर १० वर्ष पुर्याउने तयारी छ । बीबीसीका अनुसार यो प्रस्ताव लागू भए सन् २०२० पछि बेलायत आएका सबैलाई १० वर्ष कुर्नुपर्ने हुन्छ ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij