logo बुधबार, भाद्र ३ २०८३

न्यायाधीश नियुक्तिमा वरिष्ठतम न्यायाधीशको फरक मत


  • बिचार खबर
  • मंगलबार, जेष्ठ २७ २०८२

न्यायाधीश नियुक्तिमा वरिष्ठतम न्यायाधीशको फरक मत

२७ जेठ, काठमाडौं । न्यायपरिषद् सदस्य एवं सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले मंगलबार तीनजना न्यायाधीश सिफारिसको क्रममा मौखिक फरक मत राखेकी छन् ।

सर्वोच्च अदालतमा चार न्यायाधीशको पद खाली रहेको अवस्थामा तीनजना मात्रै सिफारिस गरेर एउटा पद खाली राख्न नहुने भन्दै उनले फरक मत राखेकी हुन् । उनले मौखिक रुपमा आफ्नो निर्णय राखेपनि निर्णयमा लिखित बिमती राखेकी छैनन् ।

‘यति लामो समय खाली भइसकेर सर्वत्र प्रश्न उठिसकेपछि अब पनि केहीको नाम सिफारिस गर्ने र केही खाली राख्ने गर्नुहुदैन’, उनको भनाई उद्धृत गर्दै न्यायपरिषद् स्रोतले भन्यो, ‘सबै चार जनाको सिफारिस हुन नसक्ने हो भने मैले हस्ताक्षर गर्न सक्दिैन ।’

न्यायपरिषद् स्रोतका अनुसार, उच्च अदालतका मुख्य न्यायाधीशबाट सर्वोच्चमा सिफारिस भएकाहरुको हकमा उनले पनि हस्ताक्षर गरेकी छन् । तर कानुन व्यवसायीहरुबाट सिफारिस गर्ने भनि तय भएकामध्ये एकजनाको मात्रै सिफारिस भएकोमा उनले विमती जनाउँदै हस्ताक्षर नगरेको स्रोतले बतायो ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij