राजसंस्था पुनर्स्थापना संयक्त जनआन्दोलन समितिले वडा तहसम्म सङ्गठन विस्तारको नीति लिएको छ।
बिहीबार (आज) काठमाडौंमा पत्रकार सम्मेलन गरी समिति संयोजक नवराज सुवेदीले सङ्गठन वडा तहसम्म विस्तार गर्ने जानकारी दिएका हुन्।
वडा तहसम्म विस्तारित समितिले जनआन्दोलनमा सहयोग गर्ने सुवेदीले बताएका छन्। समितिले जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ।
जनआन्दोलन मूलत: सनातन हिन्दूराष्ट्रको स्थापना, २०४७ यता प्रमुख पदहरूमा रहेका उच्च ओहोदामा रहेका नेताहरूको सम्पत्ति छानबिनलगायतका विषयका लागि भएको सुवेदीले बताएका छन्।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij