logo मंगलबार, भाद्र ३० २०८३

शीर मेमोरियल अस्पतालमै सिटी स्क्यान सेवा


  • बिचार खबर
  • बिहिबार, बैशाख २५ २०८२

शीर मेमोरियल अस्पतालमै सिटी स्क्यान सेवा

काभ्रेको बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा अव सिटी स्क्यान सेवा संचालनमा ल्याएको छ । प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादेले आज एक कार्यक्रमको बिच सिटि स्क्यान सेवाको शुभारम्भ गर्नु भएको हो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। हेक्टोर जी गायेरसले सन् २०२२ मा चार जना रोटरियनले अस्पतालका लागि सिटि स्क्यानको परियोजना अघि बढाउन आग्रह गरेपछि सिटि स्क्यान ल्याउने प्रकृया सुरु गरिएको बताउनु भयो । सिटि स्क्यान ल्याउन पहल गरिएको तीन वर्षपछि उक्त परियोजनाले मुर्त रुप लिएको उहाँले बताउनु भयो ।
सिटी स्क्यान सेवा शुभारम्भ गर्दै प्रदेश सभा सदस्य वादेले सिटिस्क्यान सेवा सुरु भएसँगै बिरामीको उपचारमा सहजता ल्याउने बताउनु भयो ।

अस्पतालका लागि आवश्यक पर्ने सिटि स्क्यान मेसिन र जेनेरेटरका लागि दि रोटरी फाउण्डेशन, रोटरी क्लब अफ बोनिटाबिच सनसेट, रोटरी क्लब अफ कुपण्डोल र रोटरी क्लब अफ बनेपा काभ्रे, एडभेन्ट हेल्थ लोमा लिन्डा युनिभर्सिटीलगायतले सहयोग गरेका थिए । यि संस्थाहरूले अस्पताललाई पाँच सय किलो भोल्ट क्षमताको जेनेरेटर सहयोग प्रदान गरेका छन ।

एडभेन्ट हेल्थ एण्ड जेनेरल कन्फ्रेन्सस् जर्मन रोटरियन भोलेन्टियर्स डक्टर्स लगायतको नेपाली तीन करोड रुपियाँको सहयोगमा अस्पताल परिसरमा तीन तले हेमोडायलासिस भवन निर्माण सुरु गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij