नेपाली गीतसंगीत प्रेमीका लागि एक भावनात्मक उपहारका रूपमा ‘मुनामदन (भेट हुने कहिले)’ सार्वजनिक भएको छ। Blue Lotus Entertainment को प्रस्तुति रहेको यस गीतमा नेपाली संगीत क्षेत्रका ख्यातिप्राप्त गायकहरू कर्ण दास, पुष्पन प्रधान, धर्मेन्द्र सेवान र गायिका माण्डवी त्रिपाठीको सशक्त स्वर समावेश छ।
प्रेम, वियोग र पुनर्मिलनको अनुभूति बोकेको यस गीतको संगीत र एरेन्ज स्वयम् कर्ण दासले गरेका छन् भने सङ्गीत संयोजनमा अनुभवी सङ्गीतकार सचिन सिंहले साथ दिएका छन्। गीतका शब्दहरू निर कमल खड्का (ममल) द्वारा लेखिएका हुन्, जसले आत्मीयता र संवेदनशीलताको प्रभावशाली अभिव्यक्ति दिएका छन्।
प्रकाश मिश्रले गीतको रेकर्डिङ र मिक्सिङ सम्हालेका छन् भने रेकर्डिङ कार्य Acoustic Nepal KTM स्टुडियोमा सम्पन्न भएको हो। अडियो पक्षलाई बलियो बनाउँदै गीतले श्रोतालाई भावना र स्मृतिको गहिरो संसारमा लैजान सफल भएको देखिन्छ।
गीतसँगै सार्वजनिक गरिएको म्यूजिक भिडियो समेत अत्यन्तै सशक्त र भावनात्मक बनेको छ। भिडियोको निर्देशन युवराज वाईबाले गरेका हुन्। यमुना कार्की खड्काले निर्माता भूमिका निर्वाह गरेकी छन् भने लोमस पौडेलले प्रोडक्सन म्यानेजरको रूपमा समन्वय गरेका छन्।
निसाल पौडेलको सिनेमाटोग्राफी तथा विकास दाहालको सम्पादन र कलर ग्रेडिङले दृश्यलाई जीवन्तता दिएको छ। मेकअपको जिम्मेवारी सबिना गुरुङले सम्हालेकी छन्।
भिडियोमा कलाकारहरू आदित्य मिश्र, विजय पौडेल, सौजन सेनेहाङ, दीपिका शाह, रिवाज गौतम र निहारिका थापाले अभिनय गरेका छन्। उनीहरूको भावनात्मक अभिनयले गीतमा प्रस्तुत कथालाई थप सजीव बनाएको छ।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा युट्युबमा मन छुने, भावुक र कलात्मक भन्दै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। शब्द, संगीत र दृश्यको सशक्त समन्वयले ‘मुनामदन’ गीतलाई सन् २०२५ को एक स्मरणीय सांगीतिक कृति बनाएको छ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij