logo सोमबार, भाद्र २९ २०८३

नेपालीको सुरक्षामा ध्यान दिन सभामुखको निर्देशन‍


  • बिचार खबर
  • शुक्रबार, बैशाख २६ २०८२

नेपालीको सुरक्षामा ध्यान दिन सभामुखको निर्देशन‍

सभामुख देवराज घिमिरेले भारत–पाकिस्तान तनावले नेपालीको सुरक्षालगायत पर्न सक्ने समस्याप्रति आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएका छन् । आज प्रतिनिधिसभा बैठकमा सभामुखले आवश्यक व्यवस्थापनमा लाग्न आग्रह गरेका हुन् ।

“भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,” उनले भने ।

बैठकमा सांसदहरूले पर्न सक्ने सम्भावित तयारी गर्न र जानकारी गराउन पनि आग्रह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij