काठमाडौं । काठमाडौँको बालकुमारी–कोटेश्वरमा सञ्चालनमा रहेको निरी डान्स एण्ड जुम्बा फिटनेस एकडेमी अहिले नृत्यसँगै जुम्बा फिटनेस प्रशिक्षणका लागि विशेष पहिचान बनाउँदै गएको छ। व्यावसायिक वातावरण, दक्ष प्रशिक्षकको प्रत्यक्ष मार्गदर्शन र अनुशासित अभ्यास प्रणालीका कारण एकडेमी छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो।
एकडेमीले विशेषगरी जुम्बा प्रशिक्षणलाई प्राथमिकतामा राखेको छ। अन्तर्राष्ट्रिय शैलीमा तयार पारिएको जुम्बा कक्षामा ताल, लय र ऊर्जालाई सन्तुलन गर्दै शारीरिक फिटनेस र मानसिक स्फूर्ति विकास गरिन्छ। प्रोफेसनल प्रशिक्षकद्वारा सञ्चालन हुने कक्षाहरूमा सहभागीहरूलाई व्यवस्थित वार्मअप, कोरियोग्राफ गरिएको रुटिन, कार्डियो सेसन तथा कूलडाउन अभ्यास गराइन्छ।
जुम्बा प्रशिक्षणले तौल नियन्त्रण, शरीर लचिलोपन, सहनशक्ति वृद्धि तथा तनाव व्यवस्थापनमा उल्लेखनीय सहयोग पुर्याउँदै आएको छ। गृहिणी, विद्यार्थी, युवा तथा पेशाकर्मीहरूबीच जुम्बा कक्षा विशेष आकर्षणको केन्द्र बनेको छ। नियमित अभ्यासले सहभागीहरूमा आत्मविश्वास र सकारात्मक ऊर्जा बढाएको प्रशिक्षकहरू बताउँछन्।
जुम्बासँगै एकडेमीमा हिप–हप, कन्टेम्पोररी, बलिउड, फोक–फ्युजन लगायत विभिन्न नृत्य विधामा प्रशिक्षण प्रदान गरिन्छ। प्रारम्भिकदेखि उन्नत तहसम्म छुट्टाछुट्टै ब्याच व्यवस्थापन गरिएको छ। प्रत्येक विद्यार्थीको क्षमता पहिचान गरी व्यक्तिगत रूपमा मार्गदर्शन गर्ने प्रणाली अपनाइएकाले सिकाइ प्रभावकारी बनेको छ।
प्रशिक्षण अवधिभर शारीरिक फिटनेस, स्टेज प्रेजेन्स, तालमेल, अभिव्यक्ति कला र अनुशासनमा विशेष ध्यान दिइन्छ। नियमित आन्तरिक प्रस्तुति, मूल्यांकन र प्रदर्शनमार्फत विद्यार्थीलाई व्यावसायिक मञ्चका लागि तयार पारिन्छ।
एकडेमीबाट प्रशिक्षण लिएका धेरै प्रशिक्षार्थीहरूले विभिन्न रियालिटी शो तथा नृत्य प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरिसकेका छन्। उपाधि जित्ने र पदक हात पार्ने विद्यार्थीहरूको संख्या बढ्दै जाँदा संस्थाको विश्वसनीयता अझ सुदृढ बन्दै गएको छ।
रिता श्रेष्ठको नेतृत्वमा गुणस्तरीय अभ्यास
नृत्य प्रशिक्षक रिता श्रेष्ठद्वारा सञ्चालनमा ल्याइएको यस एकडेमीले अनुशासन, निरन्तर अभ्यास र गुणस्तरीय प्रशिक्षणलाई मूल मन्त्र बनाएको छ। आधुनिक अभ्यास कक्ष, साउण्ड सिस्टम र सुरक्षित फ्लोरिङको सुविधा उपलब्ध गराइएकाले सिकाइ वातावरण सहज र व्यावसायिक छ।
यसरी, निरी डान्स एण्ड जुम्बा फिटनेस एकडेमी अहिले नृत्य र फिटनेसलाई सँगसँगै अघि बढाउँदै प्रतिभा उत्पादन गर्ने सशक्त केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij