राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न भएको ११औं संस्करणको ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा समीक्षा शर्माले ‘मिस ब्युटिफुल नेपाल’ तथा रीता तामाङले ‘मिसेस ब्युटिफुल नेपाल’को मुख्य उपाधि हात पार्न सफल भएका छन्।
पेशाले सौन्दर्यकर्मी (ब्युटिसियन) रहेकी रीता तामाङले मुख्य ताजसँगै ‘बेस्ट वाक’, ‘मस्ट फोटोजेनिक’ र ‘मस्ट ट्यालेन्टेड’ गरी चार विधामा उपाधि आफ्नो नाममा पार्दै उत्कृष्ट नतिजा हासिल गरिन्। उपाधि जितेपछि खुसी व्यक्त गर्दै तामाङले यो सफलताले आफूलाई अझ जिम्मेवार बनाएको र नयाँ उत्साह दिएको बताइन्।
मिसेस ब्युटिफुल नेपालतर्फका विजेताहरू:
विजेता (Winner): रीता तामाङ
फर्स्ट रनर-अप: मन्दिरा आचार्य
सेकेन्ड रनर-अप: गीता बुढाथोकी
थर्ड रनर-अप: सृजना घिमिरे
फोर्थ रनर-अप: रीता कटुवाल
भ्युअर्स च्वाइस: सृजना घिमिरे
अर्गनाइजर च्वाइस: रेखा श्रेष्ठ
मस्ट पपुलर: सुनिता श्रेष्ठ आचार्य
सब-टाइटलतर्फ: बेस्ट वाक, मस्ट फोटोजेनिक र मस्ट ट्यालेन्टेड रीता तामाङ, मस्ट डिसिप्लिन्ड मन्दिरा आचार्य, बेस्ट स्माइल तथा सोसियल वेलफेयर एम्बासडर सुनिता श्रेष्ठ आचार्य, मस्ट पंक्चुअल रेखा श्रेष्ठ, मस्ट एक्टिभ गीता बुढाथोकी, बेस्ट स्किन सृजना घिमिरे, बेस्ट स्पिच र मस्ट क्रिएटिभ रीता कटुवालले हात पारे।
मिस ब्युटिफुल नेपालतर्फका विजेताहरू:
विजेता (Winner): समीक्षा शर्मा
फर्स्ट रनर-अप: तारा कुमारी दुलाल
सेकेन्ड रनर-अप: निशा राजवाहक
थर्ड रनर-अप: संजिना चौधरी
मस्ट पपुलर: समीक्षा शर्मा
भ्युअर्स च्वाइस: संजिना चौधरी
सब-टाइटलतर्फ: बेस्ट वाक, मस्ट फोटोजेनिक र मस्ट पंक्चुअल समीक्षा शर्मा, मिस फिटनेस तारा कुमारी दुलाल, बेस्ट स्माइल र मस्ट ट्यालेन्ट संजिना चौधरी तथा बेस्ट स्किन निशा राजवाहक घोषित भए।
अतिथि तथा निर्णायक मण्डल:
कार्यक्रममा संघीय संसद् नेपाल, राष्ट्रिय सभाकी माननीय उपाध्यक्ष लिलाकुमारी भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। यस्तै वरिष्ठ अभिनेता शिव श्रेष्ठ विशिष्ट अतिथिका रूपमा रहेका थिए भने पूर्व एआईजी तथा गीतकार टेक तामाङ र वरिष्ठ चलचित्रकर्मी अम्बिका प्रसाद आचार्य विशेष अतिथिका रूपमा सहभागी थिए।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेत्री तृप्ति नाडकर (मुख्य निर्णायक), वरिष्ठ गायक आनन्द कार्की, पत्रकार सन्दीप पौडेल, ‘मिसेस ब्युटिफुल नेपाल २०२४’ विजेता बिजया अधिकारी, डा. सूचना मराहट्टा, फेसन विज्ञ दिना गुरुङ र ‘मिसेस गुरुङ २०२२’ विजेता नीलम गुरुङ रहेका थिए।
विशिष्ट व्यक्तित्वहरू सम्मानित:
समारोहमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा ज्योतिषविद् अर्जुन न्यौपाने, व्यवसायी नगेन्द्र न्यौपाने, सुनील अर्याल, गायक तथा प्रस्तोता राजेश बर्देवा, वरिष्ठ अभिनेता धीरेन शाक्य, सौन्दर्यविद् मञ्जिला सुवेदी, धार्मिक अभियन्ता विनोद कार्की, मनकुमारी पोखरेल, अमृता ढेके, सपना शर्मा, राधा शर्मा, देवेन्द्र पाण्डे, उर्मिला दाहाल, सानु तामाङ र जुनु गिरी रहेका छन्।
कार्यक्रम दक्ष इन्टरनेशनलका अध्यक्ष टेकराज पाण्डेको आयोजना, गीता उप्रेतीको व्यवस्थापन तथा राहुल बन्जाडेको निर्देशनमा सम्पन्न भएको हो।
महिलाहरूको आत्मविश्वास, कला र सौन्दर्यको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij