logo बिहिबार, असोज १५ २०८३

‘किड्स, मिस एण्ड मिसेस’ प्रतियोगिता सम्पन्न, स्वस्तिका, प्रसी र सुनिता बने विजेता


  • बिचार खबर
  • मंगलबार, असोज १३ २०८३

‘किड्स, मिस एण्ड मिसेस’ प्रतियोगिता सम्पन्न, स्वस्तिका, प्रसी र सुनिता बने विजेता

काठमाडौं । बालबालिका तथा महिलाको प्रतिभा, व्यक्तित्व र आत्मविश्वासलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘किड्स, मिस एण्ड मिसेस’ प्रतियोगिता काठमाडौंको कोटेश्वरस्थित कान्जिरोवा स्कुलको फुटसल ग्राउण्डमा भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगितामा बालबालिका तथा विवाहित र अविवाहित महिला सहित ३२ जना प्रतिस्पर्धी सहभागी भएका थिए। प्रतियोगिताले सहभागीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै व्यक्तित्व विकास, आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा प्रोत्साहन गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा स्पेन तथा ओमानका लागि पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रममा अस्ट्रेलियाका लागि पूर्वराजदूत महेश ढकाल, नेपाल टेलिभिजनकी वरिष्ठ पत्रकार मनोहरी थापा, कलाकार किरण केसी, राजनीतिज्ञ, समाजसेवी तथा व्यवसायी मुस्कान पौडेल, हिमानी ट्रष्टका प्रतिनिधि, डिजे युवा,वरिष्ठ मेकअप आर्टिष्ट टेकराज पाण्डे,
युवा ज्योतिष अर्जुन न्यौपाने, नायक श्रीदेव भट्टराई, रमेश पाठक लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिले थप आकर्षण थपेको थियो। गायक सपन श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, चर्चित गायिका सारिका घिमिरे, गायिका सन्तोषी कार्की तथा गायक रमेश पाठकले आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन चर्चित कलाकार गोपाल ढकाल ‘छन्दे’ र नीलम काफ्लेले गरेका थिए।

प्रतियोगिताको निर्णायक मण्डलमा राजेन्द्र कमल राई, प्रशान्त तामाङ, शिलेश्मा हमाल, सेजल जालान र जुली गुरुङ रहेका थिए।

तीन विधामा विजेता घोषणा

प्रतियोगिताअन्तर्गत किड्सतर्फ स्वस्तिका श्रेष्ठ विजेता बन्न सफल भइन्। बबिना थोकर प्रथम रनरअप र होमिना रोकाया दोस्रो रनरअप घोषित भए।

त्यस्तै, मिसतर्फ प्रसी अधिकारीले विजेताको उपाधि हात पारिन्। प्रकृति अधिकारी प्रथम रनरअप तथा आकृति तामाङ दोस्रो रनरअप घोषित भए।

मिसेसतर्फ सुनिता मुनाकल विजेता बनिन् भने अस्मा के.सी. प्रथम रनरअप र बिना तामाङ दोस्रो रनरअप घोषित भइन्।

किड्सतर्फ रिहान शर्मा लुईटेललाई उत्कृष्ट अनुशासित प्रतियोगीको उपाधि प्रदान गरिएको थियो।

प्रतियोगिताका सबै सहभागीलाई प्रमुख अतिथि डा. शर्मिला पराजुली ढकालले जनही एक हजार रुपैयाँ नगद प्रदान गरेकी थिइन्।

कार्यक्रम निरी जुंबा एण्ड डान्स एकेडेमी, शोभा बुटिक र पेजेन्ट नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रम आयोजनामा रीता श्रेष्ठ, शोभा गुरुङ र मोमोथा बस्नेतको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा युनाइटेड इन्टरनेसनल प्रालि मुख्य प्रायोजक, नेपाल टेलिकम सह–प्रायोजक तथा कोस्मिक इन्टरनेसनल स्कुल र कान्जिरोवा स्कुल सहयोगी प्रायोजकका रूपमा रहेका थिए।

त्यस्तै, महिला उद्यमी एवं निर्मात्री मिनु सपना शर्मा, जय नवदुर्गा ज्वेलरी, साहना बुटिक लगायतले प्रतियोगितालाई सहयोग गरेका थिए। महिला उद्यमी शुशीला थापा ड्रेस डिजाइनर तथा सन्दीप थापा ग्राफिक डिजाइनमा आबद्ध थिए।

कार्यक्रम व्यवस्थापनको जिम्मेवारी भूमिक थापाले सम्हालेकी थिइन् भने पुरम राई र नेहा जोशी संयोजक रहेका थिए। व्यवस्थापन टोलीमा सनिला श्रेष्ठ, बुनु खड्का सुवेदी र विद्या श्रेष्ठ समेत रहेका थिए।

आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य बालबालिका तथा महिलाभित्र लुकेका प्रतिभालाई उपयुक्त मञ्च प्रदान गर्नुका साथै उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास र सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्नु हो। विजेताहरूलाई विभिन्न उपाधि, आकर्षक पुरस्कार तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij