logo सोमबार, साउन ११ २०८३

लोकराज अधिकारी ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को दुई विधामा टप २० मा छनौट


  • बिचार खबर
  • सोमबार, बैशाख २२ २०८२

लोकराज अधिकारी ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को दुई विधामा टप २० मा छनौट
काठमाडौँ । इन्टरनेसनल सिङ्गर सङ राइटर्स एसोसिएसन (इसा) ले हरेक वर्ष संयुक्तराज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को सातौँ संस्करणमा नेपाल बाट प्रसिद्ध गीतकार लोकराज अधिकारी अन्तिम प्रतिस्पर्धामा दुई विधामा टप २० मा छनौट भएका छन ।
नेपालबाट गीतकार अधिकारी ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा परेका थिए ।
अन्तरराष्ट्रिय २१ विधाअन्तर्गत गीतकार पुरुष तर्फ ६१ जना र ‘म्युजिक भिडिओ अफ द इयर’ तर्फ ३६ जना प्रतिस्पर्धामा रहेकामा इलेकट्रोनिक भोटिङ’ मार्फत गीतकार अधिकारी टप २० मा परेका हुन ।
आगमी अगस्ट २४ मा अमेरिकाको एटलान्टामा हुने फाइनलका लागि गीतकार अधिकारीलाई आयोजकले ” रेड कार्पेट ” निम्तो पठाएको छ । गीतकार अधिकारीले रचना गरेका ‘तिमीले पराई ठाने पछि’, ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छट्पटीमा’ “हेप्नी मलाई हेप्नी” “रुपौली रानी” लगायतका दर्जनौ गीत लोकप्रिय छन् ।
यो बर्षको सुपरहिट चलचित्र अन्जिलामा पनि उनले ” यो देशको झण्डा बिश्व सामु फर्फराउनु छ ” बोलको थिम सङ् लेखेका छन ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij