logo मंगलबार, भाद्र ३० २०८३

प्रदेश सांसद गुरुङद्वारा राजीनामा, केही गर्न नसकेको गुनासो


  • बिचार खबर
  • मंगलबार, बैशाख ३० २०८२

प्रदेश सांसद गुरुङद्वारा राजीनामा, केही गर्न नसकेको गुनासो

लुम्बिनी प्रदेश सभाका सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन्।

आज (मंगलबार) उनले लुम्बिनीका सभामुखसमक्ष राजीनामा बुझाएकी हुन्। उनले देश र जनताको पीरमर्का राम्ररी बुझेको भए पनि आफूले केही गर्न नसकेको गुनासो गरेकी छन्।

‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ,’ उनले भनेकी छन्।

उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिक सांसद भएकी हुन्।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij