logo मंगलबार, भाद्र ३० २०८३

सवारी दुर्घटनामा परे भारतीय गायक पवनदीप राजन


  • बिचार खबर
  • सोमबार, बैशाख २२ २०८२

सवारी दुर्घटनामा परे भारतीय गायक पवनदीप राजन

भारतीय गायक तथा ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजन सवारी दुर्घटनामा परेका छन् ।

दुर्घटना सोमबार बिहान करिब २:३० बजे उत्तर प्रदेशको अमरोहा जिल्लाको गजरौला थाना क्षेत्रको राष्ट्रिय राजमार्ग-९ मा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तराखण्डबाट दिल्लीतर्फ जाँदै गर्दा उनी सवार एमजी हेक्टर कार सडक किनारमा पार्क गरिएको कन्टेनरसँग ठोक्किएको थियो । दुर्घटनामा पवनदीप, उनका चालक राहुल सिंह बोहर र अर्का यात्रु अजय मेहरा गम्भीर घाइते भएका छन् । तीनै जना उत्तराखण्डको चम्पावत जिल्लाका बासिन्दा हुन् ।

दुर्घटना चालक निदाएका कारण कारले तीव्र गतिमा पार्क गरेर राखिएको कन्टेनरसँग ठोक्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाइएको छ । दुर्घटनापछि, घाइतेहरूलाई तत्कालै सरकारी अस्पतालमा लगिएको थियो । तर, अवस्था गम्भीर देखिएपछि उनीहरूलाई मोरादाबाद हुँदै नोएडास्थित एक निजी अस्पतालको आईसीयूमा सारिएको छ ।

वनदीप राजनको दुर्घटनाको खबर सार्वजनिक भएपछि उनका प्रशंसकहरू सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरिरहेका छन् । उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शुभेच्छा सन्देशहरू पठाइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij