logo सोमबार, भाद्र २९ २०८३

मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा


  • बिचार खबर
  • सोमबार, बैशाख २२ २०८२

मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले सीता जयन्ती र कबिर दास जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

जानकी नवमी अर्थात् सीता जयन्तीका दिन यही वैशाख २३ गते मंगलबार र कबिर दास जयन्तीका दिन (आगामी जेठ २८ गते) सार्वजनिक बिदा दिने निर्णय भएको हो।

मधेश प्रदेश सरकारले यसअघि गत चैत २२ गते राजपत्र प्रकाशित गरी सार्वजनिक गरेको सार्वजनिक बिदा सूचीमा दुई दिन थप गरेको जनाएको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनामा मधेश प्रदेशमा थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij