logo सोमबार, साउन ११ २०८३

कियाराको बिकिनी अवतारले इन्टरनेटमा आँधी


  • बिचार खबर
  • बुधबार, जेष्ठ ७ २०८२

कियाराको बिकिनी अवतारले इन्टरनेटमा आँधी

मुम्बई । यतिबेला बलिउड अभिनेत्री कियारा आडवाणीको चर्चा भैरहेको छ । यो चर्चा उनको ‘प्रेगनेन्सी ग्लो’ले भने होइन । आगामी फिल्म ‘वार २’को टिजरमा समावेश दृश्यको कारण उनी अनलाइन ट्रेन्डिङमा छिन् ।

टिजरमा उनलाई आकर्षक सुनौलो बिकिनी लुकमा देख्न सकिन्छ । उनको यो लुकले इन्टरनेटमा आँधी नै आएजस्तो देखिन्छ । टिजरमा कियारालाई ऋतिक रोशनको अपोजिटमा प्रस्तुत गरिएको छ ।

उनको उक्त दृश्य भाइरल बनेको छ । फ्यानले यसबारे कुरा गरिरहेका छन् । टिजरमा कियारा पूर्णरूपमा टोन्ड फिगरको साथमा ग्ल्यामर्स बिकिनीमा समुद्र तटमा आत्मविश्वासका साथ हिंडिरहेकी छिन् ।

दृश्यलाई सुन्दर ढंगले खिचिएको छ । अर्को दृश्यमा कियारा ऋतिकसँग रोमान्टिक हुँदै गरेको देखिन्छ । सामाजिक संजालमा अभिनेत्रीको प्रशंसाको गुञ्जायमान छ ।

‘उनी दुई सेकेन्डको सटमा पनि चम्किरहेकी छिन्’देखि ‘गर्भवती होस् वा नहोस्, कियारा पूर्ण देवी हुन्’ सम्म प्रशंसकले उनलाई मायाको वर्षा गरिरहेका छन् । कतिपयले टिजरमा थुप्रै आश्चर्यजनक तत्व रहेको लेखेका छन् ।

कियारा अहिले अभिनेता–पति सिद्धार्थ मल्होत्रासँग पहिलो बच्चाको पर्खाइमा छिन् । निर्माता कम्पनी यशराज ब्यानरले मंगलबार अभिनेता जुनियर एनटीआरको जन्मदिन अवसरमा धमाकेदार टिजर सार्वजनिक गरेको थियो ।

अयान मुखर्जीद्वारा निर्देशित ‘वार २’ फ्रान्चाइजीको सबैभन्दा महत्वाकांक्षी श्रृंखलामध्ये एक बन्ने तयारीमा छ । यो फिल्म अगस्ट १४ मा प्रदर्शन हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij