logo सोमबार, साउन ११ २०८३

विद्युतीय गाडीको प्रवर्धन दूत नियुक्त भएपछि वर्षाले मनाइन् खुसी


  • बिचार खबर
  • बुधबार, जेष्ठ ७ २०८२

विद्युतीय गाडीको प्रवर्धन दूत नियुक्त भएपछि वर्षाले मनाइन् खुसी

काठमाडौं । अभिनेत्री वर्षा राउत सीजी मोटर्सको प्रवर्धन दूत घोषित भएकी छन् । वर्षाले नयाँ गाडी आफ्नो जीवनमा आएकोमा खुसी जनाउँदै जीएसी मोटर्सलाई इन्डोर्स गर्न पाउँदा गर्व महसुस गरेको बताएकी छन् ।

उनले मंगलबार बेलुका आयोन भी ब्राण्डको सेतो रङको गाडीसँगै स्याम्पेन खोल्दै खुसीको क्षणलाई सेलिब्रेसन गरेको तस्वीर सेयर गरेकी छन् ।

उनी क्याप्सनमा लेख्छिन्, ‘मेरो जीवनमा इलेक्ट्रिक आयोन भीलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा म उत्साहित छु, मेरो नयाँ सवारीको रूपमा मात्र होइन, सीजी मोटर्सको गौरवशाली ब्राण्ड एन्डोर्सरको रूपमा पनि रहेको छ ।’

उक्त ब्राण्डले पनि सामाजिक संजालबाट वर्षालाई ब्राण्ड इन्डोर्सरको रुपमा चिनाएको छ । ‘नेपालको एक प्रभावशाली आइकनको रूपमा, उनको आयोन भी ब्राण्डको छनोटले स्मार्ट, दिगो गतिशीलतातर्फको शक्तिशाली परिवर्तनलाई प्रतिबिम्बित गर्दछ । सँगै, हामी हरियाली भविष्यतिर अगाडि बढ्छौं’ कम्पनीले लेखेको छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij