logo बुधबार, भाद्र ३ २०८३

जेनजीको मुद्धा लिएर राष्ट्रिय युवा संघको नेतृत्वमा खुट्टा उचालेका अधिकारी


  • बिचार खबर
  • बिहिबार, जेष्ठ ८ २०८२

जेनजीको मुद्धा लिएर राष्ट्रिय युवा संघको नेतृत्वमा खुट्टा उचालेका अधिकारी

काठमाडौं । आम मान्छेले चिन्ने कुवेर अधिकारीको पेशागत चिनारी लोकसेवाका सेलिब्रेटी आइक्यू गुरु हो । लोक सेवा आयोग, शिक्षा सेवा आयोग तथा अरु विभिन्न प्रतिस्पर्धात्मक परिक्षाहरुमा आम मान्छेले बुझ्ने शैलीमा उनका आइक्यू कक्षाहरु संचालन हुन्छन् । यसैले उनलाई चिनाएको छ । दैलेखी जरा भएका अधिकारीको राजनीतिक चिनारी भने नेकपा (एमाले) हो । एमालेको युवा मोर्चा राष्ट्रिय युवा संघका उनी केन्द्रिय नेतृत्वमा रहिसकेका एक अनुहार हुन अधिकारी ।

हाल उनी राष्ट्रिय युवा संघका सचिव छन् । शिक्षा विभागको कमान्ड गर्छन् । एक विभागकै नेतृत्वमा रहेका उनको काम देखेर एमाले नेता स्थायी कमिटि सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले प्रसंसा गरे । बानेश्वरको इन्द्रेणी पार्टी प्यालेसको शिक्षा विभागको कविता तथा गजल पुरस्कार समारोहमा ढकालले अधिकारीलाई तारिफ गरेर भनेका थिए, ‘नामका मात्रै होइन योजना र भिजनका पनि कुबेर ।’ ढकालले भनेजस्तै अधिकारीले विभिन्न ‘कुबेर’ योजनाहरु र कार्यक्रमहरु ल्याएका छन् । उनले युवा उद्यम कार्यक्रमको नेतृत्व गरेका छन् । देशका विभिन्न पेशाकर्मी युवाहरुलाई ल्याएर प्रधानमन्त्रीसँग अन्तरकृया गराएका छन् ।

वैज्ञानिक अन्वेषक तथा अरु पेशाकर्मिहरुसँग जोडिएका छन् । पार्टीलाई जोडाएका छन् । हालसालै उनले विभिन्न डाक्टरहरुको टोलीलाई लिएर पार्टी प्रवेशको कार्यक्रम पनि राखेका थिए । गत जेठ ३ मा उनले १०० भन्दा धेरै डाक्टर, इन्जिनियर तथा युवा व्यवशायीहरुलाई एमालेमा प्रवेश गराउन नेतृत्व लिएका थिए । भिडको लागि भिड जम्मा गर्ने नभएर रचनात्मक कामहरु गरेर आम जमातमा पुग्न अधिकारी अब्बल छन् । उदाहरणको लागि उनले २०८१ फागुन ११ मा केपी ओलीको जन्मोत्सवमा आयोजना गरेको जीवनका लागि खेलकुद कार्यक्रमममा १२८३ जना जोडिएका थिए ।

२०८१ चैत १० मा उनले बालुवाटारमा प्रधानमन्त्रीसँग १४० विज्ञ युवाहरुको अन्तरकृया गराएका थिए भने २०८१ चैत २५ बाट २९ सम्म युवा साहित्य सम्मेलन गरेर कविता, गजल, वतृत्वकला लगायतका क्षेत्रमा ६६८ युवाहरुलाई प्रत्यक्षरुपमा समेटेका थिए । देश भित्र केहि गर्ने वातावरण छ र हुनुपर्छ भन्ने सन्देश दिँदै अधिकारीले गत जेठ ३ मा १० जना उत्कृष्ठ युवा उद्यमीहरुलाई सम्मान पनि गरेका थिए । यसरी नाम, काम र ब्राण्ड सबै पक्षमा परिचित अधिकारी आगामि ९ गतेबाट ११ गतेसम्म पोखरामा हुने राष्ट्रिय युवा संघको दशौँ राष्ट्रिय महाधिवेशनमा उच्च पदमा आउने आँकलन सुरु गरिएको छ ।

अधिकारीको सक्रियता, उच्च पार्टी नेताहरुसँग नजिकबाट गरेका कामहरुको फेहरिस्तले उनले सचिवबाट बढुवा भएर महासचिव वा अध्यक्षमा एक हुने उनी निकट नेताहरु बताउँछन् । अधिकारी भने यो मुद्धामा मुखर छैनन् । आगामि कुन पदमा लक्ष्य हो भन्ने प्रश्नमा अधिकारी पद चै खुलाउँदैनन् । तर भन्छन्, ‘जेनजी पुस्ताको नेतृत्व गर्ने गरिकन पार्टीले दिएको जम्मेवारी लिन तयार छु ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij