logo मंगलबार, भाद्र ३० २०८३

कर्नाटक डजबल प्रतियोगिता :नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक


  • बिचार खबर
  • मंगलबार, बैशाख २३ २०८२

कर्नाटक डजबल प्रतियोगिता :नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक

भारतको कर्नाटकमा सम्पन्न त्रिकोणीय डजबल प्रतियोगितामा नेपाली टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै शानदार प्रदर्शन गर्दै कास्य पदक प्राप्त भएको छ।

अप्रिल २५ देखि २७ सम्म भारतको कर्नाटकमा आयोजना भएको उक्त प्रतियोगितामा नेपाल, भारत र मलेसियाका टोलीहरूबीच प्रतिस्पर्धा भएको थियो।

नेपालले भारतविरुद्ध उत्कृष्ट खेल कौशल प्रस्तुत गर्दै ३–१ को हार व्यहोर्नु परे पनि एउटा सेट आफ्नो पक्षमा ल्याउन सफल भएको थियो। त्यसैगरी, मलेसियन राइनोस सँगको खेलमा पनि नेपाली टोलीले साहसिक र मनोबलपूर्ण प्रदर्शन गरे तापनि ५–० ले पराजित हुन पुगेका थिए।

छोटो तयारी समय र पहिलो अन्तर्राष्ट्रिय अनुभव हुँदाहुँदै नेपाली खेलाडीहरूले देखाएको जुझारुपन, समर्पण र खेलकौशलले सम्पूर्ण प्रतियोगितामा सबैको ध्यान आकर्षित गरेको थियो। नेपाली टोलीले छोटो समयमा प्राप्त गरेको यस सफलताले नेपालमा डजबल खेलको भविष्य थप उज्यालो बनाउने विश्वास दिलाएको छ।

उक्त खेलमा विशेष अतिथि एशियन डजबल महासंघका महासचिव दासा सुब्रमन्यमले “मलेसियामा विगत १५ वर्ष देखि खेल्दै आएको र भारत ले पनि १० वर्ष देखि खेल्दै आएकोमा, प्रथम पटक नेपाली टोलीले सहभागिता जनाएकोमा म अतयन्त हर्षित छु किनभने नेपालमा यो खेलको उज्जवल भविष्यकाे सम्भावना मैले देखेको छु। यो प्रतयोगितामा ३ राष्ट्रिय काे बीच मा खेल भएतापनि डबल राउण्ड रबिनमा खेलाउँदा अन्तिम चरणमा अतयन्त झिनो अंकबाट पराजित भई तृतीय स्थान प्राप्त भयो।

नेपाल डजबल महासंघले अन्तर्राष्ट्रिय अनुभव लिई निकट भविष्यमा मलेसियनमा हुनगइरहेको एशियन डजबल च्याम्पियनशिमा सशक्त रुपमा थप तयारीका लागि योजनाबद्ध कार्यक्रम तर्जुमा गरी उच्चस्तरीय तालिममार्फत अझ सशक्त राष्ट्रिय टोली तयार गरिने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij