logo सोमबार, साउन ११ २०८३

गृहमन्त्री लेखकलाई बर्खास्तीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी, सर्वाेच्चमा रिट


  • बिचार खबर
  • शुक्रबार, जेष्ठ ९ २०८२

गृहमन्त्री लेखकलाई बर्खास्तीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी, सर्वाेच्चमा रिट

भिजिट भिसामार्फत हुने मानव तस्करीमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई बर्खास्तीको माग गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ भने भने सर्वाेच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता युवराज सफलले लेखकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका हुन्। भिजिट भिसाको सेटिङमा प्रत्यक्ष रूपमा उनको सचिवालय मुछिएको र यसमा मन्त्रीकै मिलेमतो रहेकाले उनलाई बर्खास्त गर्न भन्दै  उजुरी दिएका हुन् । हाल अख्तियारले गृहका सहसचिव तीर्थराज भट्टराईलगायतमाथि छानबिन गरिरहेको छ । भिजिट भिसाको सेटिङ मन्त्रीकै सचिवालयबाट भइरहेको अख्तियारको प्रारम्भिक छानबिनले देखाएको छ ।

त्यस्तै, मन्त्री पदमा बस्दा उनले छानबिन प्रभावित गर्न सक्ने तथा प्रमाण लुकाउन सक्ने भएकाले बर्खास्तीको माग गरी सर्वाेच्च अदालतमा अधिवक्ता मधु चौलागाईंले रिट पेस गरेका छन्। सो रिट दर्ताबारे आइतबार निर्णय हुने सर्वाेच्च प्रशासनले जनाएको छ ।

भिजिट भिसामा दैनिक ५० लाख रुपैयाँसम्म असुल्ने गरिएको घटनामा गृहमन्त्रीमाथिसमेत छानबिनको दबाब बढिरहेको छ।

 

 


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij