पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई र भारतका रक्षा मन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ।
भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको भट्टराईको सचिवालयले जनाएको छ।
अध्यक्ष भट्टराईले हालै पेहलगाम कश्मीरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए।
भट्टराई प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशनमा सहभागी हुन भारतमा छन्।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij