logo सोमबार, साउन ११ २०८३

रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीसँग जवाफ माग, नत्र सरकार छाड्ने चेतावनी


  • बिचार खबर
  • सोमबार, बैशाख २२ २०८२

रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीसँग जवाफ माग, नत्र सरकार छाड्ने चेतावनी

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे सरकारसँग जवाफ मागेको छ।

प्रतिनिधि सभाको आजको बैठकमा नाउपा सांसद लालवीर चौधरीले भोलिको बैठकमा प्रधानमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिए। उनले वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला पार्टीका संरक्षक चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्‍याइएकोमा आपत्ति जनाए।

उनले भने, ‘यसबारेमा अहिलेसम्म सरकारको धारणा आएको छैन। त्यसैले भोलिकै दिनमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौं।’


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij