logo सोमबार, साउन ११ २०८३

पर्सिको संसद् बैठक सामान्य हुनेछैन : मनिष झा


  • बिचार खबर
  • आइतबार, जेष्ठ ११ २०८२

पर्सिको संसद् बैठक सामान्य हुनेछैन : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेठ १३ गते बस्ने बैठक अवरुद्ध गर्ने सङ्केत गरेको छ ।  आइतबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकमा रास्वपा सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको आदेश सदर गर्ने निर्णय मान्ने भए पनि केही त्रुटिहरू रहेको भन्दै त्यसबारे बहस गर्ने निष्कर्ष निकालेको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष सुमनले सर्वोच्चको आदेशमा केही त्रुटिहरू भेटेको भन्दै त्यसको सार्वजनिक रूपमा बहस गर्ने बताए ।  बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको सवालमा पनि छलफल भएको बताए । ‘यथास्थितिमा भ्रष्ट सरकार र गठबन्धनले देशलाई कतै पुर्‍याउँला जस्तो देखिँदैन’, झाले भने, ‘यो त एक अर्कालाई संरक्षण गर्ने भिजिट भिसा काण्डले नै देखाउँछ ।’

उनले गृहमन्त्री रमेश लेखकले प्रमाणित भयो भने राजनीति छाड्छु भन्नु हास्यास्पद भएको भन्दै प्रमाणित भए राजनीति छाड्ने होइन कि जेल जानुपर्ने बताए ।  साथै उनले अव बस्ने संसद् बैठक सामान्य नहुने पनि बताए । ‘अबको बैठकमा हामी के गर्छौ भनेर भन्दिन तर पर्सिको संसद् बैठक सामान्य हुँदैन’, झाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij