logo बुधबार, भाद्र ३१ २०८३

शेखर कोइरालाले भने- प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस नबोलेकोमा छक्क छु


  • बिचार खबर
  • मंगलबार, जेष्ठ १३ २०८२

शेखर कोइरालाले भने- प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस नबोलेकोमा छक्क छु

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नोबारेमा मात्रै केन्द्रित रह्यो भन्ने सुन्दा अचम्म लागेको बताएका छन् ।

‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ जेठमा काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला, तर कुरा त मेरै बारेमा मात्रै भएछ,’ कोइरालाले भने ।

कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर-राजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रूपमा कहीँकतै नबोलेकोमा आफू छक्क परेको बताए ।

कोइरालाले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने बताए ।

बिराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उदघाटन गर्दै कोइरालाले भने, ‘के बाध्यता आइपर्‍यो त्यस्तो प्रधानमन्त्रीले जे-जे गरे पनि कांग्रेसले छुट दिंदै जाने ?’ कोइरालाले प्रश्न गरे ।

पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्संदै गएकोमा चिन्ता समेत व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij