logo बुधबार, भाद्र ३१ २०८३

ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई भने – अति गर्नुस्, अत्याचार नगर्नुहोस्


  • बिचार खबर
  • मंगलबार, जेष्ठ १३ २०८२

ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई भने – अति गर्नुस्, अत्याचार नगर्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अत्याचार नगर्न आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहीले यस्तो बताएका हुन् ।

राप्रपाका केन्द्रीय सदस्य रवि किरण हमाल पक्राउ परेपछि उनले भने,’सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू । हिंसा भड्काउँदै  अभिव्यक्ति दिँदै हिँड्ने तपाईं,  संविधान र नेपालको प्रचलित ऐन कानुनको धज्जी उडाउने तपाईं अनि पक्राउ पर्नुपर्ने चाहिँ राप्रपाका युवा नेता तथा केन्द्रीय सदस्य रवि किरण हमाल ?’

बुढापाकाको कथन सुन्ने बानी बसाल्न समेत प्रधानमन्त्री ओलीलाई शाहीले सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij