logo बुधबार, भाद्र ३१ २०८३

अमेरिका अध्ययनमा जाने विद्यार्थी भिसाको अन्तर्वार्ता अस्थायी रूपमा बन्द


  • बिचार खबर
  • बुधबार, जेष्ठ १४ २०८२

अमेरिका अध्ययनमा जाने विद्यार्थी भिसाको अन्तर्वार्ता अस्थायी रूपमा बन्द

वासिङ्टन डीसी । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । विदेशी विद्यार्थीको सामाजिक संजाल जाँच अनिवार्य बनाउने तयारीका लागि यस्तो निर्णय गरिएको हो ।

ट्रम्प प्रशासनले अमेरिकी दूतावासहरू र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा आवेदकहरूको नयाँ अन्तर्वार्ता समय तालिका रोक्न आदेश दिएको छ । यो आदेश मंगलबारको मितिमा जारी भएको र यसमा अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हस्ताक्षर गरेका छन् ।

ट्रम्प प्रशासनले यो योजना कार्यान्वयन गरेमा यसले विद्यार्थी भिसा प्रक्रियालाई ढिलो बनाउने बताइएको छ । अमेरिकामा विश्वविद्यालयहरूको आर्थिक अवस्था विदेशी विद्यार्थीमा निर्भर भएकाले यो निर्णयले धेरै विश्वविद्यालयहरूलाई पनि असर गर्न सक्ने समाचारमा बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij