logo सोमबार, साउन ११ २०८३

अब कम्पनीले वास्तविक सेयरधनी घोषणा गर्नुपर्ने

सेयरधनीको सेयरमाथि स्वामित्व लिने व्यक्ति–कम्पनीको विवरणसमेत अद्यावधिक गराउनुपर्ने


  • बिचार खबर
  • बुधबार, बैशाख २४ २०८२

अब कम्पनीले वास्तविक सेयरधनी घोषणा गर्नुपर्ने

अब नयाँ कम्पनी दर्ता गर्दा वा दर्ता भइसकेका कम्पनीको सेयर हस्तान्तरण गर्दा वास्तविक सेयरधनी तथा लाभदायीको विवरण पेस गर्नुपर्ने भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले मंगलबार सूचना जारी गर्दै दर्ता भइसकेका कम्पनीका वस्ताविक धनी तथा लाभदायीको विवरण अद्यावधिक गराउन तथा नयाँको हकमा घोषणा गर्न निर्देशन दिएको हो । जसअनुसार अब कुनै पनि कम्पनीको सेयरधनीको सेयरमाथि स्वामित्व लिने व्यक्ति–कम्पनीको विवरणसमेत अद्यावधिक गराउनुपर्ने हुन्छ । खासगरी होल्डिङ्स कम्पनीहरूलाई लक्षित गरेर यस्तो निर्देशन जारी गरिएको हो ।

‘कम्पनी ऐन, २०६३ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को व्यवस्थाबमोजिम निर्देशक समितिको २६ चैतको निर्णयसमेतका आधारमा यस कार्यालयमा दर्ता भएका कम्पनीका सेयरधनीहरूको सेयर अरू कुनै व्यक्तिको पूर्ण वा आंशिक हक (बेनेफिसरी) भएमा त्यस्तो व्यक्तिको पहिचान र निजको हकको प्रकृतिका बारेमा वास्तविक धनी (बेनिफिसियल ओनर)को विवरण अविलम्ब संकलन गर्न सबै कम्पनीलाई यो निर्देशन जारी गरिएको छ,’ कार्यालयको निर्देशनमा उल्लेख छ ।

कार्यालयमा सञ्चालनमा रहेको कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणालीमा अब कम्पनी दर्ता गर्दाका बखत सबै सेयरधनीको वास्तविक धनीसम्बन्धी विवरण अनिवार्य रूपमा घोषणा गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij