logo मंगलबार, भाद्र ३० २०८३

बजेट प्रस्तुत गर्न अवरोध गर्दैनौँ : रास्वपा


  • बिचार खबर
  • बुधबार, जेष्ठ १४ २०८२

बजेट प्रस्तुत गर्न अवरोध गर्दैनौँ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा बजेट प्रस्तुत गर्न रोक्ने कुनै आशय नभएको बताएको छ। संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बजेट नरोक्ने बताएका हुन्।

‘अहिलेको संवैधानिक प्रक्रियाअनुसार भोलि हाम्रो बजेट छ।  हामी बजेटलाई व्यवधान गर्दैनौँ । त्यसमा डिस्टर्बेन्स गर्ने हाम्रो कुनै आशय छैन। त्यति सुझबुझपूर्ण राजनीति हामी गर्छौँ,’ झाले भने।

संवैधानिक प्रक्रियालाई सम्मान गर्ने राजनीतिक अभ्यास आफूहरूसँग भएको स्पष्टीकरण दिँदै उनले बजेट रोक्नेजस्ता विभिन्न आशंका नबेच्न सत्तापक्षलाई आग्रह गरे।

सुशासनका लागि गृहमन्त्रीमाथि छानबिनको माग गर्दै गर्दा आफूहरूले संवैधानिक व्यवस्थालाई नमिच्ने प्रस्ट पार्दै झाले भने, ‘यो (गृहमन्त्री जोडिएको विषय) हामीले अहिले उठाइरहेको राजनीतिक मुद्दा हो, यो कानुनी मुद्दा हो। यो छानबिन हुनुपर्छ भनेर सुशासनको माग हो।’


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij