logo सोमबार, साउन ११ २०८३

शिक्षित युवालाई विनाधितो २० लाखसम्म सहुलियत कर्जा


  • बिचार खबर
  • बिहिबार, जेष्ठ १५ २०८२

शिक्षित युवालाई विनाधितो २० लाखसम्म सहुलियत कर्जा

सरकारले शिक्षित युवालाई उद्यम गर्न विनाधितो २० लाख रुपैयाँसम्म कर्जा दिने भएको छ । वार्षिक तीन प्रतिशत ब्याजदरमा उक्त कर्जा दिइने भएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठक आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक याेग्यता, व्यवसाय दर्ता, परियोजना प्रस्तावका आधारका आधारमा विनाधितो दुईदेखि २० लाख ऋण तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिइनेछ,’ उनले बताए ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij