राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र नतोकिएको स्थानमा प्रदर्शन गर्दा हस्तक्षेप भएको भन्दै भर्त्सना गरेको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले पक्राउ परेका सबैलाई विनासर्त रिहा गर्न माग गरेको छ।
सांसद दीपकबहादुर सिंहलाई प्रहरी परिसरभित्रैबाट नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्थाविपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी प्रयास भन्दै राप्रपा बैठकले भर्त्सना गरेको छ।
‘प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अन्य सातजनालाई प्रशासनले नियन्त्रणमा लिएको, गिरफ्तार हुनुभएकाहरूलाई भेट्न जाने क्रममा प्रतिनिधिसभाका सांसद मा. दीपकबहादुर सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्थाविपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास हो भन्ने पार्टीको प्रष्ट धारणा छ,’ राप्रपाले भनेको छ।
थापा र सिंहसहित गिरफ्तार भएका सबैलाई अविलम्ब विनासर्त रिहा नगरे आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने राप्रपाले जनाएको छ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij