logo शुक्रबार, असोज २३ २०८३

कार्यक्रम व्यवस्थापन संघको ५ औं वार्षिक साधारण सभा,अनुराधा कोईरालालाई विशेष सम्मान


  • बिचार खबर
  • मंगलबार, जेष्ठ २० २०८२

कार्यक्रम व्यवस्थापन संघको ५ औं वार्षिक साधारण सभा,अनुराधा कोईरालालाई विशेष सम्मान

काठमाडौं ।  कार्यक्रम व्यवस्थापन संघ,नेपालको ५ औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न ५ औं वार्षिक साधारण सभा सहित विशेष सम्मान समारोहको आयोजना समेत गरिएको थियो । अर्थ समिति सभापति एवं प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, वाणिज्य आपूर्ति सभापति एवं प्रतिनिधि सभा सदस्य अव्दुल खान तथा माईति नेपालकी संस्थापक अनुराधा कोईरालाको विशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा करिव डेढ दर्जन नेपाल भारतका प्रतिष्ठित व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वरिष्ठ महिला उद्यमी एवं समाजसेवी शोभा गुरुङ्ग,गायिका एवं संगीतकार तृप्ति खड्का गुरुङ्ग, मोडल विजय गुरुङ्ग,समाजसेवी समिक्षा गुरुङ्ग,गायिका पूजन काफ्ले ,गायिका सुमी पराजुली,सौन्दर्यकर्मी चन्दा पुन, फेशन डिजाईनर दिना गुरुङ्ग,मोडल प्रतिक्षा काफ्ले,कोरियोग्राफर सन्दिप भुजेल,चलचित्र निर्देशक मुस्कान ढकाल, सिनियर कष्मोटोलीष्ट मन्दिरा खड्का हायु वरिष्ठ गीतकार हरि उप्रेती,वरिष्ठ अभिनेता पवन खतिवडा ‘बाबा’, मोडल प्रज्वलराज भट्ट ,शिक्षाविद् हेमन्तराज दुलाल, शैक्षिक परामर्शदाता अनिल शर्मा पौडेल लगायतलाई विशेष सम्मान प्रदान गरिएको थियो ।


सोही अवसरमा भारतको प्रतिष्ठित संस्था युनीभर्सल वल्र्ड रेकर्डसबाट नेपालकी वरिष्ठ समाजसेवी माईती नेपालकी संस्थापक अनुराधा कोइरालालाई संस्थाकी प्रमुख एवं एब्रेल्स भारत टाईम्सकी चिफ ईडिटर डा.शिखा नरुला भारतकी प्रतिष्ठित व्यवसायी एवं संचार उद्यमी मनिष  सहित प्रमुख अतिथी,विशेष अतिथीबाट वल्र्ड रेकर्डको प्रमाण पत्र प्रदान गरिएको थियो । सो प्रमाण पत्र नेपालबाट पहिलो पटक पाउनेमा कोईराला सहित नेपाल चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडकी प्रमुख उर्मिला श्रेष्ठ तथा संचारकर्मी एवं कार्यक्रम व्यवस्थापन संघका उपाध्यक्ष राजेन्द्र राजेन्द्र लुईटेल (राज)लाई प्रदान गरिएको थियो । यसै गरि सोही अवसरमा वर्ष भरिका संघलाई उत्कृष्ट योगदान दिने सदस्यहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
कदर पत्र प्राप्त गर्नेमा एएनपी मिडिया हाउसका लव बहादुर कार्की, प्याजेन्ट नेपालका राज लुईटेल, कान्तिपुर फेशनकी सावित्री ढुंगाना,निकिला मिडियाका सोनीतराज ढुंगेल, मृगतृष्णा फेशनकी तृष्णा गुरुङ्ग,हेराल्ड मिडियाका समिर लामा, डिम्स ईन्टरटेनमेन्टकी सपना राई, अर्थनेपालका मनोज थापा ,एसएमपीका श्रीदेव भट्ट्राई,फेयर एक्सप्रेसका विपिन पोखरेल,सामना क्रियसनकी सामना शाह,ग्रेस ईभेन्टसका सुरज थापा,म्यूजिक संसारका लोकराज अधिकारी,नेपाल फिल्म एण्ड कल्चरका सन्तोष सुवेदी, ओएनस टाईम्सका सुमीत रजक, अल नेपाल म्यानेजमेन्टका विशाल दराई, जिनियस म्यूजिकका रमेश पाठक ,युवा राजनितिज्ञ सूर्य ढकाल लगायतलाई कदर पत्र प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा संघमा आवद्ध भएका करिव डेढ दर्जन संघ संस्थाका प्रतिनिधिलाई सदस्यता प्रमाण पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी दाहालले कार्यक्र व्यवस्थापन संघले देशभरका आयोजक संस्थालाई एकिकृत गराई कार्यक्रम आयोजक एवं कार्यक्रम व्यवस्थापनमा दिएको योगदान र आर्थिक क्षेत्रका लागि समेत ठुलो हिस्सा ओगटने ईभेन्ट क्षेत्रलाई सरकारको मुख नताकिन आफै एकजुट भई सरकारलाई सहयोग गरेकोमा धन्यवाद दिदै कार्यक्रम व्यवस्थापनको माध्यमबाट देशको गरिमा राख्न पनि सफल भएकोमा बधाई दिएका थिए ।

छोटो समयमा पनि देशभरका यतिका संघ संस्थालाई जोडेर सामाजिक कार्यमा पनि लागेको देख्दा आफुलाई निकै खुशि लागेको र आगामी दिनमा आफुले संघका लागि गर्नु पर्ने सहयोग गर्ने प्रतिवद्धता जनाए । राष्टिय नाचघरको भव्य हलमा आयोजित सो कार्यक्रममा सहभागी हुन देशभरका ईभेन्ट डाईरेक्टर तथा भारतका ईभेन्ट आयोजकहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम लव बहादुरको सभापतित्व तथा राज लुईटेलको कार्यक्रम संयोजकत्वमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij