logo सोमबार, साउन ११ २०८३

अख्तियारमा माधव नेपालको बयान : नियतपूर्वक अनुचित काम भएको छ भने सजाय भोग्न तयार छु


  • बिचार खबर
  • बिहिबार, जेष्ठ २२ २०८२

अख्तियारमा माधव नेपालको बयान : नियतपूर्वक अनुचित काम भएको छ भने सजाय भोग्न तयार छु

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा राख्न र बिक्री गर्न मन्त्रिपरिषदबाट अनुमति दिएको विषयमा पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई बिहीबार प्रतिवादी बनाएको हो ।

नेपाल नेतृत्वको मन्त्रिपरिषद्को बैठकले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई ६ चैत ०६६ मा जग्गा बिक्री गर्न पाउने अनुमति दिएको थियो । तर, नेता नेपालले भने आफूलाई ती निर्णयबारे स्मरण नभएको, तर कुनै गलत नगरेको बयानमा बताएका छन् ।

गत १७ चैतमा आयोगले उनीसँग बयान लिएको थियो । बयानमा उनले भनेका छन्– नियतपूर्वक अनुचित काम भएको छ भने सजाय भोग्न तयार छु ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij