logo सोमबार, साउन ११ २०८३

पतञ्जली जग्गा भ्रष्टाचारमा सनराइज बैंकका पूर्वसिइओसहित १४ कर्मचारीविरुद्ध मुद्दा


  • बिचार खबर
  • बिहिबार, जेष्ठ २२ २०८२

पतञ्जली जग्गा भ्रष्टाचारमा सनराइज बैंकका पूर्वसिइओसहित १४ कर्मचारीविरुद्ध मुद्दा

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा बिक्री प्रकरणमा सनइराइन बैंक पनि मुछिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकका तत्कालीन सिइओसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन सिइओ किशोर महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका प्रमुख सुजित पोखरेल, शाखा प्रबन्धक राजीव सापकोटा र अधिकृत ममता पराजुलीविरुद्ध मुद्दा दायर भएको हो । उनीहरूलाई मतियारका रूपमा अभियोग दायर गरिएको छ ।

त्यस्तै, उपप्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रविन कोइराला, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जयकुमार सिद्धि, अनुपालन विभागमा कार्यरत सुनिलरत्न स्थापित, नायब महाप्रबन्धक बलराम विष्ट र जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनालीलाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध भने मुख्य कसुरदारबराबर १८ करोड  ५८ लाख ५० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको छ । काभ्रेको साँगामा सो कम्पनीले खरिद गरेको हदबन्दी छुटको ५५४ रोपनी जग्गा कानुनविपरीत बिक्री गरेको विषयमा आयोगले मुद्दा दायर गरेको हो । हाल सनराइज बैंक लक्ष्मी बैंकसँग मर्ज गरेर लक्ष्मी सनराइन बैंक बनेको छ।

हदबन्दीभन्दा धेरै जग्गा धितो राखी कर्जा प्रवाह गरेको विषयमा बैंकका कर्मचारीलाई पनि आयोगले प्रतिवादी बनाएको हो ।

आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित यसमा ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij