२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले मन्त्रिपरिषद्को निर्णयको नाममा भएका सबै गलत काममा कारबाही हुनुपर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भण्डारीले सबै गलत काममाथि कारबाही हुनुपर्ने बताएका हुन् ।
सत्ताको आडमा धेरैले गलत काम गरेको भन्दै उनले ती सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘कारबाही सबैलाई हुनुपर्छ । एउटालाई मात्र होइन,’ उनले थपे, ‘जेल पनि ठूलो बनाउनुपर्यो ।’
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij