नेपाल सरकारले तेस्रो प्रयास गर्दा पनि फेसबुक मेटा अझै सम्पर्कमा आएको छैन् । नेपाल सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सामाजिक सञ्जालको प्रयोग सम्बन्धी निर्देशिका, ०८० जारी गरेको थियो। सोही निर्देशिकाअनुसार मन्त्रालयले सूचीकरणका लागि पहिलोपटक २१ माघमा सूचना प्रकाशित गरेको थियो।
दुई महिनासम्म कुनै प्लाटफर्म सूचीकृत नभएपछि मन्त्रालयले ७ चैतमा दोस्रो सूचना जारी गर्यो, जसमा ३० दिनको समयसीमा दिइएको थियो।
मन्त्रालयले प्रत्येक प्लाटफर्म सञ्चालकलाई इमेलमार्फत सूचना पठाए पनि कुनै प्लाटफर्म सूचीकृत भएनन्। त्यसपछि मन्त्रालयले तेस्रोपटक आइतबार सूचना प्रकाशित गरेको छ, तर यसपटक समयसीमा तोकिएको छैन।