logo सोमबार, साउन ११ २०८३

भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता दुई जनाको शव फेला, एक बेपत्ता


  • बिचार खबर
  • शुक्रबार, जेष्ठ २३ २०८२

भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता दुई जनाको शव फेला, एक बेपत्ता

काँक्रेविहार (सुर्खेत)। जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ।

भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए। १२ वर्षीया आशा कुसारी अझै बेपत्ता छन्।

बेपत्ताको खोजी जारी छ। आज दिउँसो २ बजे भेरीमा पौडी खेल्ने क्रममा उनीहरु भेरीमा बेपत्ता भएका हुन्। जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको जाजरकोटका डिएसपी शर्माले जानकारी दिए। आशा र महेश एकै घरका दिदी भाई हुन्।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij