काठमाडौं – नवौं नेसनल क्यापिटल अवार्ड २०८१ मा गायिका सुमी पराजुलीले गीत ‘माया गर्ने तरिका’ बाट बेस्ट स्टाइलिस सिङ्गिङ अवार्ड जित्न सफल भएकी छन्। उनले यस सम्मानमार्फत नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएकी छिन्।
सुमीको आवाजमा प्रस्तुत ‘माया गर्ने तरिका’ गीतले दर्शक तथा श्रोतामाझ विशेष लोकप्रियता कमाएको थियो। गायकमा सुमी पराजुलीलाई चर्चित गायक प्रताप दासले साथ दिएका थिए । गीतमा उनको गायन शैली, अभिव्यक्ति र प्रस्तुति निकै प्रभावशाली रहेको भन्दै निर्णायक मण्डलले उनलाई यो अवार्डका लागि छनोट गरेको हो।
सांगीतिक क्षेत्रको योगदानलाई सम्मान गर्न र प्रतिभाशाली कलाकारलाई हौसला प्रदान गर्न गरिँदै आएको नेसनल क्यापिटल अवार्डमा यस वर्ष विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। सुमी पराजुलीको नाम यस वर्षको विशेष आकर्षण बनेको छ।
नेपाल पर्यटन बोर्डमा सम्पन्न उक्त अवार्ड समारोहमा चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी, आयोजक समिति अध्यक्ष माधव निर्दोश,मोडल एवं अभिनेत्री झरना रिसाल तथा महिला उद्यमी संगिता शाक्यले गायिका सुमीलाई अवार्ड प्रदान गरेका थिए ।
उनले अवार्ड ग्रहण गर्दै भनिन्, “यो सम्मानले मलाई अझ राम्रो गीत गाउन र संगीतमा निरन्तर लागिरहन प्रेरणा दिएको छ। सबैलाई धन्यवाद, जसले मेरो यात्रा सजिलो बनाउन साथ दिनुभयो।”
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij