logo सोमबार, साउन ११ २०८३

शंकर बिसीको शब्द एलिनाको स्वरमा “एउटा नाता”(भिडियो)


  • बिचार खबर
  • शनिबार, जेष्ठ २४ २०८२

शंकर बिसीको शब्द एलिनाको स्वरमा “एउटा नाता”(भिडियो)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक भएको छ।

यस गीतमा एलिना चौहानको स्वर रहेको छ भने उनै शंकर बिसीको मर्मस्पर्शी शब्द, रमेशराज भट्टराईको संगीत रहेको छ। सो गीतमा राम कुमार नेपालीको एरेञ्ज र कुमार राना मगरको मिक्सिङ रहेको छ।

यस गीतको भिडियोमा शंकर बिसीको निर्देशन रहेको छ भने दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा एलिना चौहानको अभिनय रहेको छ।

यस गीतको भिडियोलाई शंकर बिसी कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। एउता नाता नामक गीतको भिडियो हेर्ने र सुन्ने हो भने एलिना चौहानको वास्तविक कथामा आधारित गीत यो लिंक क्लिक गरेर हेर्नुहोला ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij