logo मंगलबार, भाद्र ३० २०८३

शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप


  • बिचार खबर
  • सोमबार, जेष्ठ २६ २०८२

शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भई गैरकानुनी लाभ लिएको आरोपमा पर्साका एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

वीरगन्ज महानगरपालिका– १, छपकैयास्थित श्री रामदेनी तिवारी निमाविमा कार्यरत शिक्षक चन्देशकुमार चौहानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

०६० मंसिर ५ गते निमावि तृतीय श्रेणीमा अंग्रेजी शिक्षकका रूपमा स्थायी नियुक्ति लिएका चौहान ०७० साउन ८ गते निमावि द्वितीय श्रेणीमा पदोन्नति भएका थिए। द्वितीय श्रेणीमा बढुवाका लागि उनले मगध युनिभर्सिटी बोधगयाबाट अंग्रेजी बिए (अनर्स) विषयमा स्नातक तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेस गरेको अख्तियारको दाबी छ।

उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन माग दाबी गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij