logo बुधबार, भाद्र ३ २०८३

टोखामा गोली हानेर लागुऔषध कारोबारी पक्राउ


  • बिचार खबर
  • मंगलबार, जेष्ठ २७ २०८२

टोखामा गोली हानेर लागुऔषध कारोबारी पक्राउ

२७ जेठ, काठमाडौं । काठमाडौंको टोखामा गोली चलेको छ ।

टोखाको ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा दुई प्रहरी पनि घाइते भएका छन् ।

लागु औषध कारोबारको सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । त्यसपछि गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।

ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij