logo सोमबार, भाद्र २९ २०८३

अत्यधिक गर्मीले पर्सा र बाराका विद्यालय ३ दिन बन्द


  • बिचार खबर
  • मंगलबार, जेष्ठ २७ २०८२

अत्यधिक गर्मीले पर्सा र बाराका विद्यालय ३ दिन बन्द

२७ जेठ, वीरगञ्ज । अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् ।

पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए ।

‘अत्यधिक गर्मीको कारणले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जेठ २८ देखि ३० गतेसम्म तीन दिन गर्मी बिदा दिने निर्णय गरेका छौं,’ उनले भने, ‘असार १ गतेदेखि भने विद्यालय सञ्चालन गरिनेछ।’

नगरपालिकाले बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठन कार्य स्थगन गरिएको जनाएको छ । त्यस्तै पर्सासँगै जोडिएको छिमेकी कलैयाँ उपमहानगरपालिकाले पनि अत्यधिक गर्मीको कारणले तीन दिन बिदा दिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij