logo मंगलबार, भाद्र ३० २०८३

केही अडानका कारण रास्वपा आफ्नो ढंगले जान्छ : प्रचण्ड


  • बिचार खबर
  • शुक्रबार, जेष्ठ ३० २०८२

केही अडानका कारण रास्वपा आफ्नो ढंगले जान्छ : प्रचण्ड

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् चलाउन तीन दलबिच सहमति भएको बताएका छन्।

सम्झौतामा हस्ताक्षर भएसँगै संसद् बैठक सुरु हुने उनको भनाइ छ। तीन दलको बैठकबाट निस्किँदै प्रचण्डले भने, ‘हस्ताक्षरको अन्तिम तयारी हुँदै छ, अब हस्ताक्षर हुन्छ, हाउस खुल्छ।’

प्रचण्डले भिजिट भिसा प्रकरण छानबिनमा केही अडानका कारण रास्वपा अब आफ्नो ढंगले जाने बताए। यद्यपि, प्रतिपक्षहरूबिच मूलभूत विषयमा मतभेद नभएको प्रचण्डले प्रस्ट्याए।

‘रास्वपासँग हाम्रो मूलभूत विषयमा केही फरक छैन। तर, उहाँहरूका केही अडानका कारणले सायद केही समय उहाँहरू आफ्नो ढंगले जानुहुन्छ। तर, हाम्रोबिचमा विमति र आरोप–प्रत्यारोप हुँदैन,’ उनले भने।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij