logo सोमबार, भाद्र २९ २०८३

कतिपय धारणालाई प्रेसले धम्कीपूर्ण रूपमा बुझ्नु दुःखद : मन्त्री डा. राणा


  • बिचार खबर
  • शुक्रबार, जेष्ठ ३० २०८२

कतिपय धारणालाई प्रेसले धम्कीपूर्ण रूपमा बुझ्नु दुःखद : मन्त्री डा. राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लोकतन्त्र र प्रेस एक–अर्काका परिपूरक भएको उल्लेख गर्दै कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्ने बताएकी छिन् ।

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग बिहीबार भएको टेलिफोन कुराकानीलाई धम्की भनी नागरिक पत्रिकामा आएको समाचारको खण्डन गर्दै उनले स्वभावैले मिडिया पीडितमैत्री हुन्छ भन्ने आफ्नो बुझाइ भएको उल्लेख गरेकी छिन् । यसैका आधारमा राखिएका कतिपय धारणालाई प्रेसले धम्कीपूर्ण भाषाका रूपमा बुझ्नु दुःखद भएको उनको भनाइ छ ।

‘ आफ्नो विषयमा समाचार  प्रकाशित भएको देखेर आश्चर्यचकित भएकी छु,’ उनले भनेकी छिन्, ‘हाम्रो परिवारलाई बदनाम गराउने दूषित मनसायसहित  सामाजिक सञ्जालमा आएको तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणबारे उहाँसँग कुराकानी भएको हो ।’

नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन नमिल्नेसमेत उनले स्मरण गरिन् ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij