logo बुधबार, भाद्र ३ २०८३

इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न तेहरानसँग बग्दादको आग्रह


  • बिचार खबर
  • शनिबार, जेष्ठ ३१ २०८२

इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न तेहरानसँग बग्दादको आग्रह

बग्दाद। वासिङ्टनको सहयोगी इजरायल र इरानबीच झडप भइरहेका बेला बग्दादले तेहरानलाई इराकी भूमिमा अमेरिकी स्वार्थलाई निशाना नबनाउन आग्रह गरेको एक वरिष्ठ सुरक्षा अधिकारीले शनिबार बताएका छन्।

बग्दादको सरकार तेहरानको नजिकको सहयोगी हो तर इरानको कट्टर शत्रु संयुक्त राज्य अमेरिकाको रणनीतिक साझेदार पनि हो। इराकमा लगभग दुई हजार ५०० अमेरिकी सैनिकहरू छन्।

इराकी सरकारले तेहरानलाई आफ्नो क्षेत्रमा आक्रमण नगर्न आग्रह गरेको एक वरिष्ठ इराकी सुरक्षा अधिकारीले बताए।

‘इरानलाई इराकमा निशाना नबनाउन अनुरोध गरिएको थियो। उनीहरूले हामीलाई सकारात्मक आश्वासन दिएका छन्,’ संवेदनशील विषयमा बोल्ने अख्तियारप्राप्त व्यक्त आफू नभएको बताउँदै ती अधिकारीले भने। अधिकारीका अनुसार तेहरानले बग्दादको अनुरोधमा समझदारी देखाएको छ।

इरानमा रहेका सैन्य र आणविक स्थलहरूमा इजरायली आक्रमणको शृङ्खलासँगै शुक्रबार बिहान सुरु भएको वर्तमान तनावअघि तेहरानले वासिङ्टनसँगको आणविक वार्ताको सम्भावित असफलताका कारण उत्पन्न द्वन्द्वको स्थितिमा यस क्षेत्रमा रहेका अमेरिकी सेनाको सैन्य अखडामा आक्रमण गर्ने धम्की दिएको थियो।

सन् २०२३ को अक्टोबरमा सुरु भएको गाजा युद्धका क्रममा इरानसमर्थित प्यालेस्टिनी समूह हमासविरुद्ध इजरायललाई उभ्याइएको छ भने तेहरानसमर्थित सशस्त्र समूहले इराक र छिमेकी सिरियामा रहेका अमेरिकी सेनालाई लक्षित गरी दर्जनौँ रकेट र ड्रोन आक्रमण गरेका छन्।

आक्रमणको लहर सुरु हुनुअघि संयुक्त राज्य अमेरिकाले बुधबार सुरक्षाको कारण देखाउँदै बग्दादस्थित आफ्नो दूतावासमा कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो।

शक्तिशाली कातेब हिजबुल्लाहले ‘यस क्षेत्र (इराक)मा थप युद्ध’ को चेतावनी दिएसँगै इराकमा रहेका इरान समर्थक धेरै समूहले शुक्रबार देशबाट अमेरिकी सेनाको बहिर्गमनलाई तीव्रता दिन आह्वान गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij