logo सोमबार, साउन ११ २०८३

नागढुंगामा हायस दुर्घटना, २० जना घाइते


  • बिचार खबर
  • शनिबार, जेष्ठ ३१ २०८२

नागढुंगामा हायस दुर्घटना, २० जना घाइते

काठमाडौको चन्द्रागिरि  नगरपालिका–२ नागढुङ्गा नजिकै हाईस गाडी दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी अस्पताल लगेको छ ।

काठमाडौबाट चितवनतर्फ जाँदै गरेको बा ३ ख ८३२९ नम्बरको हाईस गति अनियन्त्रित भई शनिबार दिउँसो पौने चार बजे सडकबाट करीव ८० मिटर तल खसेको थियो । उक्त हाईसमा चालक तथा सहचालकसहित २० जना सवार रहेको थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण काठमाडौबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमाण्डमा खटिएको सुरक्षा फौज उनीहरुको उद्धार गरी अस्पताल पुर्याएको छ ।  घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भिर रहेको छ । दुर्घटनामा ४ जना बालबालिका, ५ जना महिला र ११ जना पुरुष रहेका छन् ।

घाइते हुनेहरुमा चालक अनिल तामाङसहित सक्षम अधिकारी, सुजाता अधिकारी, अञ्जिला शाह, सुविधा मल्ल, ईश्वर थापा, गणेश पौडेल, सन्तबहादुर थापा, सुनिल श्रेष्ठ, प्रशान्त अधिकारी, प्रयास गुरुङ छन् ।

त्यस्तै, भारतीय नागरिहहरु रिन्कु देवी, रवि कुमार, सार्थक कुमार, मानवी कुमार, डब्लु कुमार, राजकुमार, शिव कुमार, प्रञ्जल कुमार, निश्चत कुमार र तिर कुमारी छन्।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij