logo सोमबार, साउन ११ २०८३

गायिका हरिमाया कार्कीको ‘मधु’ सार्वजनिक(भिडियो)


  • बिचार खबर
  • शुक्रबार, असार २७ २०८२

गायिका हरिमाया कार्कीको ‘मधु’ सार्वजनिक(भिडियो)

गायिका हरिमाया कार्कीको तिज गीत ‘मधु’ सार्वजनिक भएको छ । गायिका हरिमाया कार्कीको एकल स्वर र शब्द रचना रहेको गीत हरिमाया कार्की अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

परम्परा र आधुनिकतालाई संगालेर, नारीको भावना, वेदना, उत्सव र प्रेमको मिठास बोकेको ‘मधु’ गीतले यसवर्षको तीजलाई अझ विशेष बनाउने अपेक्षा गरिएको छ। दृश्यात्मक सौन्दर्य, सम्वादात्मक हाउभाउ र परम्परागत पहिरनले गीतलाई भावनात्मक गहिराइ दिएको छ।

गीतको छायांकन, सम्पादन, ग्राफिक्स तथा रंग संयोजन सबै पक्षमा निर्देशक निर्मल प्याकुरेलको रहेको छ ।खेमराज गौतमको संगीत संयोजन रहेको छ भने, गीतको रेकर्डिङ मालश्री स्टुडियोमा गरिएको हो।

‘मधु’ बोलको गीतमा गायिका कार्कीको एकल स्वर र शब्द रचना रहेको छ । गीतको भिडियोमा समीक्षा सुनार, जानकी पुन, यामनारायण आचार्य, सिर्जना ठकुराठी, चित्रकला खत्री, हरिमाया कार्की, अनमिन जिसी, पावल बलामी मगरलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij