logo सोमबार, साउन ११ २०८३

कलाकार, गायक र सञ्चारकर्मीलाई एकै मञ्चमा सम्मान


  • बिचार खबर
  • शनिबार, असार २८ २०८२

कलाकार, गायक र सञ्चारकर्मीलाई एकै मञ्चमा सम्मान

‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८२ भव्य रुपमा सम्पन्न भएको छ ।

उपमा सञ्चार प्रा.लि. र तेजनेपाल मल्टिमिडिया प्रा.लि.को संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यता, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि. विशिष्ठ अतिथि, उपमा सञ्चार प्रा.लि.की अध्यक्ष आशा गौतमको अध्यक्षता, तेजनेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठको विशेष अतिथिमा सम्पन्न कार्यक्रममा विशिष्ठ कलाकार सविन बास्तोला, बरिष्ठ पत्रकार कृष्ण भट्टराई, बरिष्ठ गायक तथा संगीतकार थानेश्वर गौतम, वरिष्ठ लोक गायक तथा संगीतकार राजन भुजेल विश्वकर्मालाई श्रष्टा सम्मानद्वारा सम्मानित गरिएको थियो ।

त्यसैगरी दशक सम्मानबाट गायिका माण्डवी त्रिपाठी, लोक गायक कुलेन्द्र विश्वकर्मा, लोक गायिका देवी हमाल, सिनेम्याटोग्राफर नीरज कँडेल, गायक बिनोद ढकाल, कलाकार पन्हा अधिकारी, गायिका कविता राउत, गायक चेतम गोतामे, गायिका शोभा पाण्डे, गायिका सरला राउत, गायिका मनु थापा मगर, सञ्चारकर्मी रिदेन महर्जन, सञ्चारकर्मी निर्मल पौडेल, बिक्रम सुनार, ग्राफिक्स डिजाईनर, सम्पादक रमेशमान श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रम उपमा सञ्चारका उपाध्यक्ष राम कृष्ण पाण्डे अमन एकलको स्वागत मन्तब्यबाट सुरु भएको थियो । अवार्ड बिजेताहरुमा : सिताराम परियार, छवि घिमिरे, होमनाथ कुंवर, बिनय कार्की, सारु मगर, अस्मिता गोर्खाली, श्याम राना, शितल शर्मा, पुजा परियार, नारायण राई, सबिता कार्की, अस्मिता खनाल, रिजन बस्याल, अप्सरा राउत क्षेत्री, रमेश लामिछाने, युमिसा पुरी, थुमन शर्मा, भुवन के. पोख्रेल, देव नारायण मगर, सविता परियार, कल्पित मिनु, सोब्राटी मन्सुरी, विवेक धिताल, पार्वती रोकाया, चन्द्रकला देवकोटा, बिनय खत्री, कृष्ण ढकाल, सफल अर्याल, सुवास रेग्मी, करन कँडेल, राजु तिमल्सिना, प्रिती पुन मगर, बिना ठकुरी, नरेश के.सि., समिर तिमल्सिना, शोभा त्रिपाठी, बिमल नेपाली, रजनी लामा, आरोही कार्की, कमला गैरे, मनिषा बुढा, दशरथ डंगोल, संजय थिङ, भिमसेन सापकोटा, कबिता पुन मगर, कबिता खत्री, तुलसा सुनुवार, सुवास गडाल, इन्द्र बस्याल रहनु भएको थियो ।

कार्यक्रमलाई समापन गर्दै उपमा सञ्चारकी अध्यक्ष तथा सभाध्यक्ष आशा गौतमले कार्यक्रममा श्रष्टा, सर्जकहरुलाई सम्मान गर्न पाउँदा निकै खुशी लागेको भन्दै सम्पुर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो भने कार्यक्रमलाई पिएन सापकोटाले सहजीकरण गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij